Published Date : 2018-05-15 (Modified Date : 2019-05-06)
जलवायु परिवर्तन व्यवस्थापन महाशाखा
- जलवायु परिवर्तन सम्बन्धी नीति तथा कार्यक्रमहरु तर्र्जुमा गर्न आवश्यक सहजीकरण गर्ने
- जलवायु परिवर्तन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने,
- जलवायु परिवर्तन सम्बन्धी वार्षिक वस्तुस्थिति प्रतिवेदन तयारी र प्रकाशन गर्ने गराउने,
- जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्पर्क विन्दु भई काम गर्ने,
- जलवायु परिवर्तन सम्बन्धमा विभिन्न निकायहरु एवं संघसंस्थाहरुबाट भए गरेका तथा हुने कार्यहरुको संयोजन एंव सहजीकरण गर्ने गराउने,
- जलवायु परिवर्तन परिषद्को बैठक आयोजनामा सहजीकरण गर्ने,
- जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु तयार गरी कार्यान्वयन गर्ने, गराउने
- जलवायु परिवर्तन सम्बन्धी वार्ताको लागि आवश्यक राष्ट्रिय कार्यपत्रहरु तयार गर्ने गराउने,
- हरितगृह ग्याँसहरुको आधार तह (Reference Level) तयार गर्ने, अनुगमन गर्ने र आवधिक प्रतिवेदनहरु तयार गरी पेश गर्ने
- जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरुकोलागि प्राविधिक एंव आर्थिक सहयोग जुटाउन प्रस्तावहरु तयार गर्ने, गराउने
- जलवायु परिवर्तन सम्बन्धमा गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने गराउने,
- जलवायु परिवर्तनबाट हुन सक्ने प्रभाबलाई न्यून गर्न, गराउन अन्य कार्यहरु गर्ने, गराउने,
- स्वच्छ विकास संयन्त्रको Designated National Authority (DNA) भई कार्य गर्ने,
- हरितगृह ग्याँसको उत्सर्जन बढी गर्ने क्षेत्रको पहिचान गरी स्वच्छ ऊर्जा एवं हरित उत्पादकत्व सम्बन्धी प्रबद्र्धनात्मक कार्य गर्ने गराउने,
- रेड कार्यान्वयन केन्द्रलाई प्राबिधिक सहयोग उपलब्ध गराउने,
- अन्तरराष्ट्रिय प्रतिवद्धता अनुरुपको हरित गृह ग्याँस उत्सर्जन लगायतका राष्ट्रिय प्रतिबेदनहरु तयारी गरी पेश गर्ने,
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
- जलवायु परिवर्तन शाखा
- अनुकूलन शाखा
- जलवायु प्रविधि विकास शाखा
- उत्सर्जन मापन शाखा
- स्वच्छ संयन्त्र शाखा