Published Date : 2018-05-15 (Modified Date : 2019-05-06)

   सहभागितामूलक वन महाशाखा

  1. समुदायमा आधारित वन व्यवस्थापन पद्धति सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
  2. सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अभिलेख राख्ने ।
  3. सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने ।
  4. वन पैदावारमा आधारित उद्यम तथा उद्योगहरुको स्थापना, विकास र प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गर्ने ।
  5. वन प्रमाणीकरण (Forest Certification) का लागि आवश्यक समन्वय गर्ने ।
  6. संरक्षणमुखी, उत्पादनमुखी एवं पर्यापर्यटन प्रवद्र्धनमुखी सामुदायिक वनहरुमा दिगो व्यवस्थापनको सिद्धान्त बमोजिम व्यवस्थापन गर्न आवश्यक राष्ट्रिय नीति एवं मापदण्ड तयारी सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  7. उत्पादनमुखी सामुदायिक वनहरुको दिगो व्यवस्थापनका राष्ट्रिय आधार र सूचकहरु निर्माणका लागि आवश्यक सहजीकरणका कार्यहरु गर्ने गराउने,
  8. सामुदायिक वनभित्रका वन्यजन्तुको संरक्षणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
  9. सामुदायिक वन उपभोक्ता समूहको कोष परिचालन बारे राष्ट्रिय नीति एवं कानून निर्माण सम्बन्धी कार्यहरु गर्ने गराउने,
  10. सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत दिगोपना, समावेशी प्रतिनिधित्व एवं निर्णय प्रक्रियामा सहभागिताको लागि नीतिगत कार्यहरु गर्ने गराउने,
  11. सहभागितामूलक वन डढेलो नियन्त्रण एवं रोकथाम सम्वन्धी नीतिगत कार्यहरु गर्ने गराउने,
  12. वन श्रमिक, वन हेरालु, सामुदायिक वनहरुको संरक्षण, व्यवस्थापनमा आवश्यक दक्ष जनशक्तिको योग्यता तथा कार्यसूचीको मापदण्ड निर्माण सम्वन्धी कार्यहरु गर्ने गराउने,
  13. सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरुको स्थानीय, प्रदेश एवं केन्द्रीय तहसंगको अन्तरसम्वन्ध एवं समन्वय सम्बन्धी आवश्यक राष्ट्रिय कार्यविधिको निर्माण गर्ने गराउने,
  14. साझेदारी वनको समूह, स्थानीय, प्रदेश एवं केन्द्रसंगको साझेदारिता, लाभको वितरण सम्वन्धी मापदण्ड निर्माणका लागि समन्वय तथा सहजीकरण गर्ने गराउने,
  15. सहभागितामूलक वन व्यवस्थापन समूहहरुको क्षमता विकास, हरित रोजगारीको अध्ययन अनुसन्धान गर्ने गराउने ।
  16. उच्च मूल्यका वनजन्य जडिबुटी र गैह्रकाष्ठ वन पैदावारहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरण प्रवर्धन सम्वन्धी आवश्यक व्यवस्था मिलाउने,
  17. वन तथा वनजन्य उद्योगको लागि कच्चा पदार्थ उपलव्ध गराउने सम्बन्धमा मापदण्ड तयार गर्ने । साथै सो सम्वन्धी राजश्व, शुल्क, महशुल आदिको वारेमा राय प्रतिक्रिया उपलब्ध गर्ने, गराउने,
  18. सहभागितामूलक वन सम्बन्धी गोष्ठीहरुको आयोजना, समन्वय, सहभागिता सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  19. पर्वतीय विकाससंग सम्बन्धित कार्यक्रम, वैठक, गोष्ठी र सम्मेलनहरुको आयोजना गर्ने, र मन्त्रालयले प्रतिनिधित्व गर्नु पर्ने भए सहभागी हुने ।
  20. यस महाशाखालाई तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।

 

शाखाहरु

  • सामुदायिक तथा कबुलियती वन शाखा
  • साझेदारी तथा चक्ला वन शाखा
  • वन उद्यम प्रवर्द्धन शाखा