Government of Nepal

Ministry of Forests and Environment

Government of Nepal

Ministry of Forests and Environment

Singhdurbar, Kathmandu

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

वन तथा जलाधार महाशाखा

  1. राष्ट्रिय वन तथा जलाधार सम्बन्धी नीति तथा कार्यक्रमहरु तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने
  2. सरकारी वन क्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारणमा समन्वय गर्ने गराउने,
  3. सरकारी, सार्वजनिक, निजी क्षेत्र, कृषि वन, सहरी क्षेत्रमा वृक्षारोपण तथा वन विकासको आवश्यक व्यवस्था मिलाउने,
  4. राष्ट्रिय वन क्षेत्र, सरकारी घर जग्गा हस्तान्तरण, जग्गा सट्टाभर्ना, मुआब्जा, वन उपयोग तथा अन्य प्रयोजनलाई वन क्षेत्र उपलब्ध गराउने सम्बन्धी कार्यहरु गर्ने,
  5. अन्य प्रयोजनका लागि उपलब्ध गराईएको वन क्षेत्रको अभिलेख राख्ने, नियमित अनुगमन तथा मूल्यांकन गरी, गराई पृष्ठपोषण गर्ने,
  6. वृहत जलाधार, जलाधार, उप जलाधार तथा सुक्ष्म जलाधारहरुको अध्ययन अनुसन्धान गर्ने, गराउने,
  7. मरुभूमीकरण तथा भूमीको क्षयीकरणलाई सम्बोधन हुने कार्यक्रमहरुको लागि प्राविधिक एंव आर्थिक सहयोग जुटाउन प्रस्तावहरुको मस्यौदा तयार गर्ने, 
  8. सिमसार तथा ताल तलैया क्षेत्रहरुको संरक्षण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
  9. नदी प्रणालीमा आधारित वृहत जलाधार संरक्षण योजना तर्जुमा तथा कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्नु गराउनुको साथै भू– संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी आयोजनाहरुको कार्यक्रम गर्न समन्वय तथा सहजीकरण गर्ने, गराउने,
  10. वाढी पैरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी आवश्यक रणनीतिक योजनाहरुको अवधारणा बनाई प्रदेश तहसँग समेत आवश्यक सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने,
  11. विपत् जोखिम न्यूनीकरणका लागि आवश्यकता अनुसार अन्य निकायहरुसंग समन्वय तथा सहजीकरण गर्ने, गराउने
  12. राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनमा समन्वय तथा सहजीकरण गर्ने, गराउने
  13. भू तथा जालाधार व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान तथा जलाधार सूचना प्रणालीको विकास गर्ने, गराउने
  14. मरुभूमीकरण, भूमीको क्षयीकरण तथा विपत जोखिम न्यूनीकरणका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुको सम्पर्क विन्दु भई कार्य गर्ने
  15. यस महाशाखालाई तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।

शाखाहरु

  • राष्ट्रिय वन शाखा
  • वन क्षेत्र भू उपयोग शाखा
  • जलाधार तथा भू संरक्षण शाखा