प्रशासन महाशाखा
- मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
- मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने,
- भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने, गराउने,
- सार्वजनिक खरिद ऐन÷नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्बन्धी कार्य गर्ने, गराउने,
- लिलाम विक्री सम्बन्धी कार्य गर्ने, गराउने,
- मन्त्रालय र अन्तरगतका निकायहरूको वेरुजु फछर्यौट गर्ने, गराउने,
- मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति विकास सम्बन्धी कार्यहरु गर्ने, गराउने,
- मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासा आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्ने, गराउने,
- कर्मचारीहरुको गुनासो सम्बोधन सम्बन्धी कार्य गर्ने, गराउने,
- मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
- कर्मचारीहरुको विभागीय कारवाही तथा पूरस्कार लगायतका कार्यहरु गर्ने गराउने,
- मन्त्रालयसंग सम्बन्धित कर्मचारीहरुको अध्ययन, असाधारण लगायतका विदाहरु सम्बन्धी कार्य गर्ने, गराउने,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशासन ईकाई र प्रशासन सुधार सम्वन्धी कार्यको सम्पर्क विन्दुको रुपमा काम गर्ने गराउने,
- वन क्षेत्रको सांगठनिक एवं प्रशासनिक प्रक्रियाको व्यवस्थापन सम्बन्धमा आवश्यक Standard Operating Procedure (SOP) बनाउने,
- मन्त्रालयसंग सम्बन्धित वैदेशिक भ्रमणको मनोनयन सम्बन्धी कार्य गर्ने,
- अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने,
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
शाखाहरु:
- कर्मचारी प्रशासन शाखा
- आन्तरिक व्यवस्थापन शाखा
- आर्थिक प्रशासन शाखा
- शासकीय सुधार शाखा
- कानून तथा फैसला कार्यान्वयन शाखा
योजना, अनुगमन तथा समन्वय महाशाखा
- मन्त्रालयसंग सम्बन्धित आवधिक योजना, नीति कार्यक्रम, वार्षिक वजेट तथा कार्यक्रम तयार गर्ने, गराउने
- कार्यक्रम तथा बजेटका सम्बन्धमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सम्बन्धित आयोजना तथा अन्य निकायहरुसंग समन्वय गर्ने गराउने,
- स्वीकृत वार्षिक कार्यक्रममा संशोधन गर्नु पर्ने अवस्थामा सो स्वीकृत गराई सम्बन्धित निकायमा पठाउने,
- मन्त्रालयसंग सम्बन्धित नीतिहरुको निर्माण, परिमार्जन वा संशोधनहरुको मस्यौदा तयार गर्ने, गराउने
- अन्य मन्त्रालय तथा निकायहरुबाट सुझाबका लागि पठाइएका कानून, नीति, रणनीति तथा अन्य दस्तावेजहरुको लागि सुझाब तयार गरी पठाउने,
- मन्त्रालयसंग सम्बन्धित रणनीति, निर्देशिका, मार्गदर्शन तथा कार्यविधिहरुको निर्माण, संशोधन, परिमार्जन सम्वन्धी कार्य गरी स्वीकृत गराउने,
- मन्त्रालयसंग सम्बन्धित ऐन, नियमावलीहरुको निर्माण, परिमार्जन वा संशोधनहरुको मस्यौदा तयार गर्ने ।
- वन, वातावरण तथा जलवायू क्षेत्रका तथ्य तथ्यांक तथा सूचनाहरुको संकलन, प्रशोधन, विश्लेषण र आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने ,
- मन्त्रालयसंग सम्बन्धित वैदेशिक सहायताको लागि प्रस्तावहरु संकलन,परिमार्जन तथा मस्यौदा तयार गरी अर्थ मन्त्रालय र सम्बन्धित दातृ निकायमा पेश गरी आवश्यकता अनुसार सम्पर्क र समन्वय गर्ने,
- मन्त्रालयसंग सम्बन्धित बैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यक्रम, बजेट तयार गरी कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने गराउने
- मन्त्रालय मातहतका संस्थान, समिति, कोषहरुको सम्पर्क विन्दु भई कार्य गर्ने,
- मन्त्रालयको लैंगिक सम्पर्क विन्दुको रुपमा संयोजन गर्ने,
- विकास सझेदारहरुसंग आवश्यकता अनुसार वैठक गर्ने र परियोजनाहरुको प्रगति अध्यावधिक गर्ने, गराउने ।
- दातृ निकायको सहयोगमा मन्त्रालयसंग सम्बन्धित चालु तथा संम्भावित परियोजनाहरुको विवरण अद्यावधिक गर्ने,गराउने
- मन्त्रालय र अन्तर्गतका विभागहरु, केन्द्र ,समिति, संस्थान, कोष, कम्पनि तथा परियोजनाहरुको कार्यक्रमको अनुगमन गरी पृष्ठपोषणको समेत व्यवस्था मिलाउने,
- मन्त्रालय र अन्तर्गतका विभागहरु, केन्द्र, समिति, संस्थान, कोष, कम्पनि तथा परियोजनाहरुबाट प्राप्त आवधिक एवं वार्षिक प्रगति प्रतिवेदनहरू आवश्यकता अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग लगायत तोकिएका निकायहरुमा म्यादभित्र पेश गर्ने,
- मासिक, चौमासिक र वार्षिक प्रगति समीक्षा र आवश्यकता अनुसार मन्त्रालय स्तरीय विकास समस्या समाधान वैठक गर्ने गराउने,
- मन्त्रालयसंग सम्बन्धित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनका लागि प्रदेश एवं स्थानीय तहहरुसँग सम्पर्क र समन्वयको व्यवस्था मिलाउने,
- मन्त्रालयसंग सम्बन्धी विषयको अध्ययन, अनुसन्धान तथा क्षमता विकास कार्यमा विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा शैक्षिक संस्थाहरुसंग समन्वय गर्ने गराउने,
- मन्त्रालयसंग सम्बन्धित विषयहरुमा क्षेत्रीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी, समन्वय तथा सहकार्यको व्यवस्था मिलाउने,
- आवश्यकता अुनसार परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयहरुसंग समन्वय गरी दातृ निकाय, कुटनैतिक नियोग तथा विदेशी पाहुँनाहरुको मन्त्रालयसंगको भेटघाट तथा वैठकको व्यवस्था मिलाउने,
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
Climate Change Management Division
The Climate Change Management Division (CCMD), under the Ministry of Forests and Environment, was formed in 2018. The Division functions as a central nodal agency on climate change. It leads formulation of climate change-related policies, plans, and programs, implements them in coordination with government and non-government organizations, and monitor their implementation. It also works as a focal point for the United Nations Framework Convention on Climate Change (UNFCCC). The key roles of CCMD are as follows:
- To facilitate the formulation of climate change policies and programs
- Assist and liaise with federal ministries, provincial governments, and municipalities to build their capacities to ensure that the provisions outlined in the National Climate Change Policy are integrated into their policies, plans, and programs
- Offer technical assistance in the implementation of climate change policies and plans
- Guide sectoral ministries and sub-national governments on mainstreaming climate change in their development policies and plans
- To conduct research on climate change,
- Carry out research and studies and prepare national and international communication reports on climate change, including GHG inventory and adaptation actions, in coordination with various government and non-government organizations.
- Prepare and publish annual status report on climate change,
- Maintain a database and coordinate efforts to improve future cycle of vulnerability assessments and loss and damage associated with climate change.
- Design adaptation and mitigation projects and manage climate finance for their implementation
- To act as the focal point of international treaties on climate change,
- To coordinate and facilitate the work done and to be done by various agencies and organizations on climate change,
- Facilitate the planning of the Climate Change Council meeting,
- To prepare and implement programs related to climate change adaptation and mitigation
- Take the lead in developing climate action plans for both adaptation and mitigation, facilitating the management of climate financing, assisting in the development of climate technology, organizing national and international meetings, and fulfilling international reporting requirements.
- Prepare necessary national working papers for climate change talks,
- Preparation, monitoring and preparation of periodic reports for greenhouse gases
- To prepare and make proposals for mobilizing technical and financial assistance for climate change related programs
- To organize seminars, workshops and trainings on climate change,
- To mitigate the effects of climate change, to do other things,
- To act as the Designated National Authority (DNA) of the Clean Development Mechanism,
- Identify areas that increase greenhouse gas emissions and promote clean energy and green productivity.
- To provide technical assistance to the REDD implementation center,
- To prepare and submit national reports including greenhouse gas emissions in line with international commitments,
- To carry out other works as assigned to this branch.
- Facilitate mitigation measures and carbon trade.
- Monitor and evaluate the implementation of national climate change policies and international commitments, in particular, those made under UNFCCC, Kyoto Protocol, and the Paris Agreement on Climate Change
The Division, led by the Joint Secretary, reports to the MoFE Secretary. The Division is divided into five divisions, each of which is led by an Under Secretary and staffed by officers:
a) Climate Change Section,
b) Adaptation Section,
c) Mitigation Section,
d) Climate Technology Section, and
e) Green House Gas Measurement Section.
वन तथा जलाधार महाशाखा
- राष्ट्रिय वन तथा जलाधार सम्बन्धी नीति तथा कार्यक्रमहरु तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने
- सरकारी वन क्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारणमा समन्वय गर्ने गराउने,
- सरकारी, सार्वजनिक, निजी क्षेत्र, कृषि वन, सहरी क्षेत्रमा वृक्षारोपण तथा वन विकासको आवश्यक व्यवस्था मिलाउने,
- राष्ट्रिय वन क्षेत्र, सरकारी घर जग्गा हस्तान्तरण, जग्गा सट्टाभर्ना, मुआब्जा, वन उपयोग तथा अन्य प्रयोजनलाई वन क्षेत्र उपलब्ध गराउने सम्बन्धी कार्यहरु गर्ने,
- अन्य प्रयोजनका लागि उपलब्ध गराईएको वन क्षेत्रको अभिलेख राख्ने, नियमित अनुगमन तथा मूल्यांकन गरी, गराई पृष्ठपोषण गर्ने,
- वृहत जलाधार, जलाधार, उप जलाधार तथा सुक्ष्म जलाधारहरुको अध्ययन अनुसन्धान गर्ने, गराउने,
- मरुभूमीकरण तथा भूमीको क्षयीकरणलाई सम्बोधन हुने कार्यक्रमहरुको लागि प्राविधिक एंव आर्थिक सहयोग जुटाउन प्रस्तावहरुको मस्यौदा तयार गर्ने,
- सिमसार तथा ताल तलैया क्षेत्रहरुको संरक्षण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
- नदी प्रणालीमा आधारित वृहत जलाधार संरक्षण योजना तर्जुमा तथा कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्नु गराउनुको साथै भू- संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी आयोजनाहरुको कार्यक्रम गर्न समन्वय तथा सहजीकरण गर्ने, गराउने,
- वाढी पैरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी आवश्यक रणनीतिक योजनाहरुको अवधारणा बनाई प्रदेश तहसँग समेत आवश्यक सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने,
- विपत् जोखिम न्यूनीकरणका लागि आवश्यकता अनुसार अन्य निकायहरुसंग समन्वय तथा सहजीकरण गर्ने, गराउने
- राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनमा समन्वय तथा सहजीकरण गर्ने, गराउने
- भू तथा जालाधार व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान तथा जलाधार सूचना प्रणालीको विकास गर्ने, गराउने
- मरुभूमीकरण, भूमीको क्षयीकरण तथा विपत जोखिम न्यूनीकरणका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुको सम्पर्क विन्दु भई कार्य गर्ने
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।
शाखाहरु
- राष्ट्रिय वन शाखा
- वन क्षेत्र भू उपयोग शाखा
- जलाधार तथा भू संरक्षण शाखा
सहभागिता मुलक वन महाशाखा
- समुदायमा आधारित वन व्यवस्थापन पद्धति सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
- सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अभिलेख राख्ने ।
- सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने ।
- वन पैदावारमा आधारित उद्यम तथा उद्योगहरुको स्थापना, विकास र प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गर्ने ।
- वन प्रमाणीकरण (Forest Certification) का लागि आवश्यक समन्वय गर्ने ।
- संरक्षणमुखी, उत्पादनमुखी एवं पर्यापर्यटन प्रवद्र्धनमुखी सामुदायिक वनहरुमा दिगो व्यवस्थापनको सिद्धान्त बमोजिम व्यवस्थापन गर्न आवश्यक राष्ट्रिय नीति एवं मापदण्ड तयारी सम्बन्धी कार्यहरु गर्ने, गराउने,
- उत्पादनमुखी सामुदायिक वनहरुको दिगो व्यवस्थापनका राष्ट्रिय आधार र सूचकहरु निर्माणका लागि आवश्यक सहजीकरणका कार्यहरु गर्ने गराउने,
- सामुदायिक वनभित्रका वन्यजन्तुको संरक्षणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
- सामुदायिक वन उपभोक्ता समूहको कोष परिचालन बारे राष्ट्रिय नीति एवं कानून निर्माण सम्बन्धी कार्यहरु गर्ने गराउने,
- सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत दिगोपना, समावेशी प्रतिनिधित्व एवं निर्णय प्रक्रियामा सहभागिताको लागि नीतिगत कार्यहरु गर्ने गराउने,
- सहभागितामूलक वन डढेलो नियन्त्रण एवं रोकथाम सम्वन्धी नीतिगत कार्यहरु गर्ने गराउने,
- वन श्रमिक, वन हेरालु, सामुदायिक वनहरुको संरक्षण, व्यवस्थापनमा आवश्यक दक्ष जनशक्तिको योग्यता तथा कार्यसूचीको मापदण्ड निर्माण सम्वन्धी कार्यहरु गर्ने गराउने,
- सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरुको स्थानीय, प्रदेश एवं केन्द्रीय तहसंगको अन्तरसम्वन्ध एवं समन्वय सम्बन्धी आवश्यक राष्ट्रिय कार्यविधिको निर्माण गर्ने गराउने,
- साझेदारी वनको समूह, स्थानीय, प्रदेश एवं केन्द्रसंगको साझेदारिता, लाभको वितरण सम्वन्धी मापदण्ड निर्माणका लागि समन्वय तथा सहजीकरण गर्ने गराउने,
- सहभागितामूलक वन व्यवस्थापन समूहहरुको क्षमता विकास, हरित रोजगारीको अध्ययन अनुसन्धान गर्ने गराउने ।
- उच्च मूल्यका वनजन्य जडिबुटी र गैह्रकाष्ठ वन पैदावारहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरण प्रवर्धन सम्वन्धी आवश्यक व्यवस्था मिलाउने,
- वन तथा वनजन्य उद्योगको लागि कच्चा पदार्थ उपलव्ध गराउने सम्बन्धमा मापदण्ड तयार गर्ने । साथै सो सम्वन्धी राजश्व, शुल्क, महशुल आदिको वारेमा राय प्रतिक्रिया उपलब्ध गर्ने, गराउने,
- सहभागितामूलक वन सम्बन्धी गोष्ठीहरुको आयोजना, समन्वय, सहभागिता सम्बन्धी कार्यहरु गर्ने, गराउने,
- पर्वतीय विकाससंग सम्बन्धित कार्यक्रम, वैठक, गोष्ठी र सम्मेलनहरुको आयोजना गर्ने, र मन्त्रालयले प्रतिनिधित्व गर्नु पर्ने भए सहभागी हुने ।
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।
शाखाहरु
- सामुदायिक तथा कबुलियती वन शाखा
- साझेदारी तथा चक्ला वन शाखा
- वन उद्यम प्रवर्द्धन शाखा
वातावरण तथा जैविक विविधता महाशाखा
- वातावरण तथा जैविक विविधता सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
- वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अध्ययन, स्वीकृति एवं सम्बन्धित कार्य गर्ने, वातवरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने, गराउने,
- प्रदूषण नियन्त्रण गर्नका लागि आवश्यक मापदण्ड निर्माण, कार्यान्वयन तथा अनुगमन लगायतका कार्यहरु गर्ने ।
- प्राकृतिक स्रोतमा पर्ने वातावरणीय असरहरुको मूल्याङ्कन गर्ने, गराउने र सो सम्बन्धी प्राविधिक राय उपलब्ध गराउने,
- वातावरणीय मापदण्ड विकासका लागि अन्य मुलुकहरुमा अवलम्बन भइरहेका मापदण्डहरुलाई देश भित्र लागु गर्नका लागि अनुसन्धान गर्न सहयोग पुर्याउने,
- उद्योगहरुलाई सोझै वा स्थानीय निकायहरु मार्फत प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने गराउने कार्यमा सहयोग पु¥याउने,
- वनजगंल एंव वनजन्य वस्तुको संरक्षणको प्रयासमा प्रदूषण नियन्त्रण कार्यलाई प्राथमिकता दिनको लागि आवश्यक मार्गचित्र तयार गर्ने, गराउने,
- वातावरण संरक्षण कोष विकास एवं विस्तार गर्नका लागि आवश्यक कार्य गर्ने गराउने,
- वातावरण संरक्षण परिषद्को बैठक आयोजना गर्ने ,
- वातावरण संरक्षण कोषबाट गरिने वार्षिक कार्यक्रम तर्जुमा सम्बन्धी कार्य गरी कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्य गर्ने, गराउने,
- विकिरण तथा हानीकारक रसायनको आयात निर्यात नियमनका साथै अन्य क्षेत्रमा भएको प्रयोगबाट जनजीवनमा पर्ने र पर्न सक्ने प्रभाव वारे अध्ययन गरी आवश्यक सुरक्षा प्रणाली अवलम्बनका लागि सिफारिश गर्ने ।
- वातावरण संरक्षण तथा प्रवद्र्धन एवं व्यवस्थापनको लागि वातावरणीय सुशासन सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
- राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सहजीकरणसंग सम्बन्धित कामको समन्वय गर्ने,
- जैविक विविधतासँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धिहरुको सम्पर्क बिन्दु भई काम गर्ने ।
- जैविक विविधतासंग सम्वन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून कार्यान्वयन गर्ने, गराउने,
- जैविक विविधता सम्वन्धी क्षमता विकासका कार्य गर्ने, गराउने,
- जैविक विविधताको अभिलेखीकरण तथा पंजीकरण सम्बन्धी विषयमा समन्वय गर्ने ।
- जैविक विविधता सम्वन्धी महासन्धि तथा अभिसन्धिहरुको राष्ट्रिय रणनीति तथा कार्ययोजना एवं राष्ट्रिय प्रतिवेदन तयारी गर्ने कार्य गर्ने, गराउने,
- जैविक विविधता सम्वन्धी भू-परिधीय कार्यक्रम र आयोजनाहरुको समन्वय र सहकार्य गर्ने, गराउने,
- जैविक विविधता संरक्षणमा परस्थानीय प्रजातिको संरक्षणको लागि वनस्पति उद्यान र प्राणी उद्यान लगायत हात्तीसार, चिडियाखाना व्यवस्थापन सम्वन्धी समन्वय गर्ने
- वन जैविक प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी काम गर्ने, गराउने
- यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
शाखाहरु
- वातावरण मापदण्ड तथा अनुगमन शाखा
- वातावरणीय प्रभाव अध्ययन शाखा
- आयोजना सहजीकरण शाखा
- जैविक विविधता शाखा
- वन जैविक प्रविधि शाखा